aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोभिडको असर सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
कोभिडको असर सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा

काठमाडौं । क्राउन प्लाजा (सोल्टी होटल)को चालु आर्थिक वर्ष त्रैमासमा घाटा देखिएको छ। होटलले  बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा ७ करोड ९३ लाख रुपैयाँ घाटामा रहेको देखाएको हो । 

कम्पनीको कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्षभरीको आम्दानी एक अर्ब २३ करोड थियो। गत वर्षको पहिलो त्रैमासमा पनि यस्तो आम्दानी ३१ करोड ६४ लाख थियो। 

पहिलो त्रैमासमा होटलको कुल खर्च १३ करोड रुपैयाँ छ। यसले गर्दा होटल करिब ८ करोड रुपैयाँ घाटामा गएको हो। होटलको अवकाशसहित सम्पूर्ण कर्मचारी खर्च मात्रै ६ करोड ८० लाख रुपैयाँ छ। 

प्रतिक्रिया दिनुहोस