aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

थप १४४२ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
थप १४४२ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा १४४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४४२ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ रहेको छ । संक्रमित मध्ये एक लाख ८२ हजार ७८० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।     

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२५९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस