aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना संक्रमण बढेसँगै अमेरिकामा अस्पतालमा बेड पाउन छाड्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
कोरोना संक्रमण बढेसँगै अमेरिकामा अस्पतालमा बेड पाउन छाड्यो

एजेन्सी । अमेरिकामा कोरोना भाइरसका विरामीको संख्या बढेसँगै त्यहा अस्पताहरुमो बेड अभाव हुन थालेको छ । अहिलेसम्म विश्वभरि ५ करोेड ६५ लाख मानिसहरू संक्रमित भइसकेका छन् । यसमध्ये ३ करोड ९३ लाख मानिस निको भएका छन् ।

 १३ लाख ५३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । अमेरिकामा मात्र २ लाख ५६ हजार मानिसको मृत्यु भइसकेको छ । द गार्डिनको रिपोर्टका अनुसार अमेरिकाका विभिन्न राज्यमा संक्रमितको संख्या बढेका त्यहाको अबस्था खराव हुदै गइरहेको छ । 

अमेरिकामा बुधवार सम्ममा २ लाख ५६ हजारको मृत्यु भइसकेको छ भने ७७ हजार मानिस अस्पतालमा भर्ना भएका छन् । अमेरिकामा एक हप्ताभित्र मात्रै १५ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस