aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

नेपाल दुरसञ्चार कम्पनीको नाफा ४० प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
नेपाल दुरसञ्चार कम्पनीको नाफा ४० प्रतिशत घट्यो

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नाफा गत वर्षको पहिलो त्रैमासको भन्दा यस वर्षको पहिलो त्रैमासमा ४० प्रतिशत कम भएको छ । गत वर्ष २ अर्ब ५४ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले यस वर्ष सोही अवधिमा  १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको हो । 

गत वर्षको भन्दा यस वर्ष कम्पनीको कुल आम्दानी पनि ६ प्रतिशतले कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म १ अर्ब ५६ करोड ३० लाख ७७ हजार रुपैयाँ कुल आम्दानी गरेको यो कम्पनीले यस वर्ष सोही अवधिमा  १ अर्ब ४६ करोड ९१ लाख ३५ हजार रुपैयाँ यो आम्दानी गरेको हो । धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी पूँजीकरण भएको यस कम्पनीको चुक्तापूँजी  १५ अर्ब रुपैयाँ रहेको छ ।

 गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम भने करिब २ प्रतिशतले बढेको छ । गत वर्ष  ७८ अर्ब १३ करोड ८२ लाख ४ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष  ७९ अर्ब ६५ करोड ६० लाख २२ हजार रुपैयाँ पुुगेको हो ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष लगानीभने बृद्धि गरेको छ । गत वर्ष  ४२  अर्ब १९ करोड ७ लाख २० हजार रुपैयाँ लगानी गरेको कम्पनीले यस वर्ष ४५ अर्ब ५२ करोड ८७ लाख २० हजार रुपैयाँ लगानी गरेको छ । नाफामा कमि आएको कम्पनीको प्रतिशेयर आम्दानी पनि गत वर्षको तुलनामा यस वर्ष कम भएको छ ।

 गत वर्ष वार्षिक ६७ दशमलव ९१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस वर्ष ४० दशमलव ४७ रुपैयाँ रहेको छ । त्यस्तै गत वर्ष ६९१ दशमलव ७६ रुपैयाँ रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष  ६३१ दशमलव शून्य ४ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस