
काठमाडौं । नेपालमा २१०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २१०३ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० रहेको छ । संक्रमित मध्ये एक लाख ८५ हजार ६३८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २८५८ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस