aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१३ जना महिला र ७१६ जना पुरुष गरि थप १२२९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० रहेको छ । संक्रमित मध्ये एक लाख ८५ हजार ६३८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । 
    
पछिल्लो २४ घण्टामा २८५८ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२७६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस