
काठमाडौं । पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१०३ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने २८५८ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ८५ हजार ६३८ जना पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस