aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

चार महिनाभित्र भारतले खोप पाउने, कति मूल्य पर्छ खोपको ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
चार महिनाभित्र भारतले खोप पाउने, कति मूल्य पर्छ खोपको ?

एजेन्सी । कोरोना भाइरस खोपको बारेमा संसारभर बाटै शुभ समाचारहरू आउन थालेका छन् । भारतले भने आउँदो अप्रिलसम्ममा खोप पाउने भएको छ । भारतको औषधि उत्पादक कम्पनी  सीरम इंस्टिट्यूटका सीईओ आदर्श पूनावालाका अनुसार भारतमा अक्सफोर्डको कोभिड १९ खोप अप्रिलमा सर्वसाधारणलाई उपलब्ध हुने बताएका छन । पूनावालाले हिन्दुस्तान टाइम्स लीडरशिप समिट २०२० मा यो जानकारी दिएका हुन । 

पूनावालाले अक्सफोर्ड भ्याक्सिन २०२१  फेब्रुअरी भित्र वृद्धा र स्वास्थ्यकर्मीहरुलाई दिइने बताएका छन । त्यसपछि अप्रिलमा यो खोप आम जनतालाई दिइने समेत उनले जानकारी दिए । भारतमा प्रत्येक व्यक्तिमा खोप लागू गर्न दुईदेखि तीन बर्ष लाग्ने उनको अनुमान छ । यसको कारण भ्याक्सिन आपूर्तिको अभाव नभई आवश्यक बजेट, उचित प्रणाली र पूर्वाधारको आवश्यकता हुने भएकाले समय लाग्ने उनको तर्क छ । खोप लिनको लागि जनताको इच्छुकतामा पनि निर्भर रहेने उनले बताए ।  यी सबै चीजहरू सम्पूर्ण जनसंख्याको ८०–९० प्रतिशत मानिसमा खोप लागू यी सबै पूर्वाधारहरुको आवश्यक पर्ने उनले बताए ।

पूनावालाका आनुसार मानिसहरूले यस खोपको दुई खुराकका लागि अधिकतम एक हजार रूपैयाँ तिर्नुपर्ने जानकारी दिए ।  यो खोप अन्तिम परीक्षण परिणाम र नियामक स्वीकृतिमा पनि यसको मूल्य भर पर्ने उनले बताए । 

पूनावालाले भने, ’यो खोप टी–सेलमा राम्रोसँग काम गरिरहेको छ, जुन दीर्घकालीन प्रतिरक्षा र एन्टिबडी निर्माण प्रतिक्रियाको लागि आवश्यक मानिन्छ । यद्यपि यो खोपले कति लामो समयसम्म काम गर्छ भन्ने विषय समयले नै बताउने छ यसको बारेमा अहिलेसम्म कसैसँग यसको उत्तर छैन ।’’

खोपको सुरक्षासम्बन्धी प्रश्नको उत्तर दिँदै उनले भने, ‘‘अहिले खोप सम्बन्धी कुनै पनि ठूलो गुनासो, गम्भीर दुष्प्रभाव देखिएको छैन । हामीले कुर्नु पर्छ ।भारतमा यसमा चलिरहेको ट्रायलको नतीजाहरू डेढ महिनासम्ममा बाहिर आउने, जसले यसको क्षमता र प्रभावको बारेमा बढी जानकारी दिनेछ ।’’

खोपको आपतकालीन प्रयोगको लागि बेलायत र यूरोपियन ड्रग इभ्वेलेशन एजेन्सी (इएमइए) को अधिकारीहरूले यसलाई अनुमति दिएका छन् ।  भारतमा प्रयोगको लागि ड्रग कन्ट्रोलर जनरलमा खोपको आपतकालीन उपयोगको लागि आवेदन दिने उनले बताए । ’दादुरा, निमोनिया जस्ता रोगहरू बच्चाहरूका लागि कोरोना भाइरसभन्दा बढी घातक सक्ने समेत उनले बताएका छन । जे होस् बच्चा कोरोना संक्रमण अरूमा फैलिन सक्छ । वृद्ध र त्यस्ता व्यक्तिहरूलाई पहिलो खोप लागू गर्न चाहन्छौं, जो संक्रमणको बढी खतरामा छन् उनले भने । 

 अक्सफोर्ड खोप सस्तो र सुरक्षित मानिएको छ ।  यसलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा पनि भण्डार गर्न सकिने उनले बताए । यस तापक्रममा यो खोप भारतको चिसो क्षेत्रहरूमा भण्डार गर्न सकिने उनले बताए ।  सीरम इस्टिच्यूटले फेब्रुअरीदेखि हरेक महिना १० करोड डोज बनाउने योजना बनाएको समेत उनले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस