aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोना सङ्क्रमणबाट वाग्मती प्रदेशमा ६०० बढीले ज्यान गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
कोरोना सङ्क्रमणबाट वाग्मती प्रदेशमा ६०० बढीले ज्यान गुमाए

काठमाडौं । विश्वव्यापी  महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाई छ ।  

प्रवक्ता डा. सेढाईका अनुसार मुलुकको कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत रहेको छ । कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको विषयलाई पालना गर्नुपर्ने उनको भनाइ छ ।  

यसैबीच हेटौँडा उपमहानगरपालिका–५ का ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको बताइएको छ । उनलाई कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस