aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १९४५ जनामा कोरोना पुष्टि, ५३६४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
थप १९४५ जनामा कोरोना पुष्टि, ५३६४ जना निको भए

काठमाडौं । नेपालमा १९४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९४५ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ रहेको छ । संक्रमित मध्ये एक लाख ९१ हजार २ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।  
   
पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोनामुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२९८ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस