aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

उपत्यकामा आज पनि ११०७ जना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
उपत्यकामा आज पनि ११०७ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८४ जना महिला र ६२३ जना पुरुष गरि थप ११०७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ रहेको छ । संक्रमित मध्ये एक लाख ९१ हजार २ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोनामुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२९८ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस