aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

टेलिकमका डाटा प्याक सेवा परिमार्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
टेलिकमका डाटा प्याक सेवा परिमार्जन

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर Autumn Offer अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (GB Per day Data Pack)लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर २०७७ मंसिर ५ गते शुक्रबार राती १२ बजे पश्चात लागू हुने टेलिकमले जनाएको छ । 

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक (Eco Voice+Data Combo Pack) अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) ल्याइएको हो ।  

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस