aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेरिकाको मोडर्नाले अर्को खोप तयार पार्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ मंसिर २०७७
अमेरिकाको मोडर्नाले अर्को खोप तयार पार्यो

एजेन्सी । अमेरिकाको मोडर्ना इन्कले कोरोना भाइरससँग लड्ने खोप विकास गरेको दाबी गरेको छ । कम्पनीका अनुसार खोप कोरोना संक्रमण रोकथाममा ९४.५ प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ । यसैबीच कम्पनीका अनुसार उक्त खोपको एक डोजका लागि २५–३७ अमेरिकी डलर लिन सकिने बताएको छ ।

कम्पनीका कार्यकारी अधिकारी (सीईओ) स्टेफन बांसेलले भने खोपको मागका आधारमा यसको मूल्य तय हुने बताएका छन् । जर्मन साप्ताहिक पत्रिका वेल्ट एम सोन्टागसँग कुराकानीमा स्टेफनले खोपको मूल्य १० देखि ५० डलरसम्म पर्ने बताएका छन् ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार वार्तामा संलग्न एक ईयू अधिकारीले युरोपियन युनियनलाई करिब करोडौं डोजको खोप आवश्यक पर्न सक्छ । युरोपेली संघ मडर्नासँग २५ अमेरिकी डलरभन्दा कम मूल्यमा सम्झौता गर्न चाहिरहेको छ । मोडर्नाका क्लिनिकल परीक्षणको अन्तरिम तथ्यांकमा कोभिड १९ बाट बचाउनका लागि ९४.५ प्रतिशत प्रभाकारी भएको देखाएको छ । 
 

प्रतिक्रिया दिनुहोस