aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोना संक्रमणबाट हालसम्म नेपालका तीन वरिष्ठ डाक्टरको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ मंसिर २०७७
कोरोना संक्रमणबाट हालसम्म नेपालका तीन वरिष्ठ डाक्टरको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म तीन जना वरिष्ठ डाक्टरहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा वरिष्ठ बालरोग विशेषज्ञ डा. नारायाण बहादुर थापा र वरिष्ठ मुटुरोग विशेषज्ञ सुनिल झाको यसअघि नै मृत्यु भएको थियो । 

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौगमले कोरोना संक्रमणबाट काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा वरिष्ठ सर्जन विशेषज्ञ ध्रुव शर्मा मुडबरी मृत्यु भएको बताए । उनले जनस्वास्थ्य अधिकृत गौरि शंकर देव र अहेब कपिल कुमार श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए । 

त्यसैगरि, विगत २४ घण्टामा १६६९ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ रहेको छ । संक्रमित मध्ये एक लाख ९९ हजार २४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १९ हजार ६३ रहेको छ । पछिल्लो २४ घण्टामा ५६९९ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस