
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९५७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ७३३ जना, ललितपुरका १३१ जना र भक्तपुरका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ रहेको छ । संक्रमित मध्ये एक लाख ९९ हजार २४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १९ हजार ६३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५६९९ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १३२१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस