
काठमाडौं । कोरोना भाइरसको परिक्षणका लागि संकलन गरिएको स्वाब अब फ्याक्न नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कोरोना परिक्षणका लागि लिइएको स्वाब प्रयोगशालाले तत्काल फ्याक्न नपाउने बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता पाएका प्रयोगशालाहरुले संकलन गरेको स्वाब यदि नेगेटिभ आएमा एक महिना पोजेटिभ आएमा ३ महिनासम्म स्टोर गरेर राख्नु पर्नेछ ।’
प्रतिक्रिया दिनुहोस