aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

मृत्यु हुनेमा इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस