aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

२० लाखको स्वास्थ्य सामग्री सहयोग

  • रासस
    रासस
  • मंगलबार, ०९ मंसिर २०७७
२० लाखको स्वास्थ्य सामग्री सहयोग

चितवन । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण गरिएका सामग्रीमा रु १६ लाख ३२ हजार ८५० को आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटर, छ हजार थान सर्जिकल मास्क, दुई हजार ५०० थान सर्जिकल पञ्जा, १०० थान सुरक्षा पोशाक, केएन–९५ मास्क २०० थान र ५० थान सुरक्षा चश्मा छन् । ती सबै सामग्रीको मूल्य रु २० लाख तीन हजार ६५७ रहेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठकले जानकारी दिए । 
 
उपकोषाध्यक्ष पाठक र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई ती सामाग्री हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड–१९ का बिरामीको उपचारमा सहज भएको बताए । 

प्रतिक्रिया दिनुहोस