aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना निको भए

काठमाडौं । नेपालमा १७९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १७९० जना नयाँ संक्रमित थपिएका हुन् । 
  
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २४ हजार ७८ रहेको छ । संक्रमित मध्ये दुई लाख ४ हजार ८५८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।   
   
पछिल्लो २४ घण्टामा २७९१ जना कोरोनामुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३६१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस