
काठमाडौं । नेपालमा १९४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९४८ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ रहेको छ । संक्रमित मध्ये दुई लाख ७ हजार ९९८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३१४० जना कोरोनामुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३८९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस