aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना निको भए

काठमाडौं । नेपालमा १६१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १६१४ जना नयाँ संक्रमित थपिएका हुन् ।     

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६४० रहेको छ । संक्रमित मध्ये दुई लाख ९ हजार ४३५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।    

पछिल्लो २४ घण्टामा १४३७ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४१२ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस