काठमाडौं । काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७९ महिला र ४४३ पुरुष गरि जम्मा ८२२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । संक्रमित मध्ये दुई लाख ९ हजार ४३५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२३६ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।
त्यस्तै, काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ । जसमा ७८ हजार १६२ जना निको भएर घर फर्किसकेका छन् भने ७ हजार ८६७ जना उपचाररत छन् । अहिलेसम्म काठमाडौंमा ३४२ जनाको कोरोनाबाट ज्यान गइसकेका छ ।
त्यसैगरि, भक्तपुरमा संक्रमितको संख्या ७ हजार ७८९ पुगेको छ । जसमा ७ हजार ९२ जना निको भइसकेका छन् भने ६०८ जना उपचाररत छन् । अहिलेसम्म ८९ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरि, ललितपुरमा संक्रमितको संख्या १२ हजार ९६४ पुगेको छ । जसमा ११ हजार ३१५ जना निको भइर घर फर्किसकेका छन् भने १५ सय ४६ जना उपचाररत छन् । अहिलेसम्म १०३ जनाले ज्यानन गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस