aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलव्ध गराउनुः  स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ मंसिर २०७७
स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलव्ध गराउनुः  स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलव्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचना महामारीको समयमा उपचारमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको हो।

सूचनामा भनिएको छ, ‘नेपाल सरकारले स्विकृत गरेको कोरोना भाइरसको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यावस्थापन आदेश २०७७ बमोजिम कोभिड १९ अस्पतालहरुलाई संक्रमितहरुको प्रति बिरामी प्रति दिनको हिसाबले असोज मसान्तसम्मको ६६ करोड ८७ लाख ४५ हजार (जोखिम भत्तासमेत समावेश गरि) निकासा भइसकेको हुनाले यथाशिघ्र स्वास्थयकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउनु ।’ 


 

प्रतिक्रिया दिनुहोस