
एजेन्सी । कोरोना भाइरसको नयाँ लक्षण देखापरेको छ । कोरोना भाइरस संक्रमणका कारण मानव दाँतमा नराम्रो प्रभाव देखिरहेको छ । न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार कोभिड १९ को जोखिममा परेका केही व्यक्तिहरूको दाँत कमजोर र दाँतमा झड्का आउने समस्या देखिएको समाचार प्रकाशन गरेको छ । त्यस्ता घटनाहरूपछि, वैज्ञानिकहरूले कोरोना भाइरसले दाँतको सकेटलाई वास्तवमै कमजोर बनाउँने गरेको तथ्या फेला पारेका छन् ।
न्यु योर्कमा रहेको ४३ वर्षीया फराह खेमिलीका अनुसार विन्टरग्रीन ब्रिथ मिट उनको मुखको तल्लो दाँतमा एउटा अचम्मको झनझनाहट भएको महसुस गरेको बताइन । जब उनले दाँत छुँदा हल्लिएको पाएपछि उनले कोरोनाको असरले गर्दा यस्तो भएको थाहा पाइन ।
भोलिपल्ट बिहान उही दाँत भाँचिएर खेमिली हातमा आयो । दाँत भाँच्दा रगत र दुखाई भने नभएको उनको अनभव छ । खिमेलीलाई केही दिन अघि कोविद १९ सक्रमण भएको थियो । त्यसबेलादेखि उनले अनलाइन समर्थन समूहमा आफ्ना अनुभव र कोभिड १९ का लक्षणहरु शेयर गर्न थालिन ।
हालसम्म त्यहाँ कुनै ठोस प्रमाण छैन, कोरोना संक्रमणले दाँत गुमाउने वा झर्ने गर्दछ । तर, त्यो समर्थन समूहमा उनले धेरै मानिसहरूलाई भेट्टाए जसले संक्रमणपछि दाँत बिग्रेको र दाँतमा अनौटो परिवर्तन आएर संवेदनशीलताको अनुभव भएको शेयर गरेका थिए । केही दन्त चिकित्सकहरूका अनुसार कोभिड १९ ले दाँत सम्बन्धी लक्षणहरू निम्त्याउन सक्ने अनुमान गरेका थिए ।
उटाह विश्वविद्यालयका पीरियडोन्टिस, डा. डेभिड ओकानो भन्छन्, “यो धेरै आश्चर्यजनक कुरा हो एक जना व्यक्तिको दाँत अचानक मुखबाट बाहिर आउँदछ।“ दाँत सम्बन्धी यो समस्या अझ गम्भीर हुन सक्छ । यस रोगबाट रिकभर भएपछि पनि यो समस्या लामो समयसम्म मानिसहरूमा रहन्छ ।
यद्यपि, केही दंत चिकित्सक र विज्ञहरूले यस विषयमा अनुसन्धानको आवश्यकता रहेको जिकिर गर्छन । सन २०१२ मा सार्वजनिक भएको एक रिपोर्टका अनुसार ३० बर्ष उमेरभन्दा माथिका ४७ प्रतिशत मानिसहरुमा पीरियडोन्टल रोग, गिजामा संक्रमण र मुख्य रुपमा हड्डी कमजोर हुने समस्या रहेको देखाएको थियो ।
प्रतिक्रिया दिनुहोस