aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना निको भए

काठमाडौं । नेपालमा १२५५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२५५ जना नयाँ संक्रमित थपिएका हुन् । 
    
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३१ हजार ९७८ रहेको छ । हाल संक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।    
   
पछिल्लो २४ घण्टामा १४०४ जना कोरोनामुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४७९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस