
काठमाडौं । कोरोना भाइरसका कारण थप २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको छ ।
त्यस्तै, नेपालमा १४७४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै आज नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ रहेको छ । संक्रमित मध्ये दुई लाख १४ हजार ५२१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस