aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना निको भए

काठमाडौं । नेपालमा १३०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३०४ जना नयाँ संक्रमित थपिएका हुन् । 
    
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ रहेको छ । संक्रमित मध्ये दुई लाख १६ हजार ५९४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।   
   
पछिल्लो २४ घण्टामा २०७३ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५२९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस