aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेरिकाले २ वर्षमा तयार गर्ने भनेको यो रोगको खोप अहिलेसम्म किन बनेन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
अमेरिकाले २ वर्षमा तयार गर्ने भनेको यो रोगको खोप अहिलेसम्म किन बनेन ?

एजेन्सी । एड्स ती खतरनाक रोगहरूमध्ये एक हो । जसको लागि खोप हालसम्म पनि विकास भएको छैन । विज्ञहरू भन्छन् कि एड्सको प्रभावलाई एन्टि–रेट्रोभाइरल थेरापी र औषधीहरू मार्फत कम गर्न सकिन्छ, तर कसैलाई पनि संक्रमित भएपछि यसको जरा नै नष्ट गर्ने औषधी एचआईभीको भ्याक्सिन भने छैन । वैज्ञानिकहरूले पहिलो पटक यो रोगको  सन् १९८० पत्ता लागेको हो । तर ४० बर्षपछि यो भाइरसको वैज्ञानिकहरूले खोप भेट्टाउन सकेका छैनन् ।

सन् १९८४ मा अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले उनीहरू दुई वर्षभित्र एड्स खोप तयार गर्ने घोषणा गरेको थियो । तर, सबै प्रयासपछि उक्त भाइरसको खोप बनाउने योजना असफल भयो । जहाँसम्म कुनै खोप नै विकास नभएपनि एड्स धेरै हदसम्म रोकथाम भइरहेको छ । एड्सको भ्याक्सिन सम्बन्धी वैज्ञानिकहरूको प्रमुख चुनौति अहिले पनि छ ।

खोप विकासकर्ताले भनेले मानव शरीरमा रोगहरुबाट बचाउने प्रतिरक्षा प्रणालीले एच आई भी (ह्युमन इम्यूनोडेफिशियन्सी) भाइरस विरूद्ध प्रतिक्रिया नै नगरेका कारण यसको खोप विकास नभएको हो । खोपको विकास भएपनि बिरामीको शरीरमा प्रतिरक्षा एन्टिबडी उत्पादन गर्दछ । तर यसले रोगको गति मात्र रोक्ने काम गर्छ । 

एचआईभीको सम्पर्कपछि बिरामीको रिकभरी लगभग असम्भव जस्तै भएको छ । एचआईभीलाई कुनै प्रतिरक्षा प्रतिक्रियाको अभावको कारण वैज्ञानिकहरु शरीरमा एन्टिबडीको उत्पादनको नक्कल गर्न सक्ने खोपहरू बनाउन सक्दैन ।

शरीरमा एचआईभी संक्रमण फैलन लामो अवधि रहेको छ ।  यस समयमा भाइरसले मानव डीएनएमा लुकेर बसेको भाइरस पत्ता लगाउन र यसलाई नष्ट गर्न शरीरलाई गाह्रो पर्छ । 
यस्ता रोगहरुमा धेरै कमजोर वा ध्वस्त भएका भाइरस खोपहरू बनाउन प्रयोग गरिन्छ । तर, एचआईभीको मामलामा नष्ट भइरस भाइरसले शरीरमा प्रतिरोध क्षमता राम्रोसँग प्रतिक्रिया दिन सक्षम हुँदैन । यस भाइरसको कुनै पनि जीवित फारमको प्रयोग पनि धेरै खतरनाक छ ।

धेरै जसो खोपले श्वासप्रश्वास र ग्यास्ट्रो–आंत्र प्रणालीमा प्रवेश गर्ने यस्ता भाइरसबाट मानिसहरूलाई जोगाउँछ । जबकि एचआईभी रोग संक्रमण शरीरका जननेंद्रिया वा रगतको माध्यमबाट फैलिन्छ ।
कुनै पनि खोप पहिला जनावरहरूमा परिक्षण गरेपछि मात्र एउटा खोप मानवको लागि तयार गरिन्छ । तर, दुर्भाग्यवश एचआईभीको लागि एक जनावर नमूना अहिलेसम्म पनि पाइएको छैन । जुन मानिसका लागि एड्स खोप तयार पार्न सकियोस । 

एचआईभी÷एचआईभी भाइरस छिटो परिवर्तन हुन्छ । जबकि खोपले भाइरसको केवल एक विशेष प्रकारलाई लक्षित गर्न सक्दछ । जब भाइरसले आफ्नो रूप परिवर्तन गर्दछ । खोपको प्रभावले काम गर्न सक्दैन ।  यी सबै कारणहरू छन् जसको कारणले एचआईभी भ्याक्सिन अहिलेसम्म तयार गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस