
एजेन्सी । ‘विश्वव्यापी महामारी अन्त्यका लागि खोप परिक्षण गर्न धेरै फार्महरुलाई लगाइएको छ । तर, यो परीक्षण धेरैले सोच्न सक्ने प्रश्नहरूको उत्तर दिने कुरामा केन्द्रित छैनन् ।’ कोरोना महामारीको मारमा परेको विश्वलाई आशाको नयाँ दियो बन्न लागेको कोभिड बिरुद्धको खोप परिक्षणका सम्बन्धमा टिप्पणी गर्दै, ब्रिटिश मेडिकल जर्नलको सहसम्पादक र मेरील्याण्ड स्कूल अफ फार्मेसी विश्वविद्यालयमा औषधि स्वास्थ्य सेवा अनुसन्धानका सहायक प्राध्यापक पिटर दोशीले दिएको अभिव्यक्ति हो, यो ।
यसले महान् बैज्ञानिक अल्बर्ट आइनस्टाइनको यो भनाईलाई स्मरण गराउँछ, ‘प्रतिभा र मूर्खताको बिचको भिन्नता यो हो कि प्रतिभाको सीमा हुन्छ ।’ हो, जनस्वास्थ्यबारे चिन्ता गर्ने धेरै विद्वानहरुले भनिरहेका छन्– खोपले कोभिडको उपचार गर्दैन । मानिसहरूलाई कोभिड सर्नबाट रोक्दैन । खोपहरूले कोभिड सम्बन्धी अस्पताल भर्ती हुनु नपर्ने बनाउँदैन । कोभिडबाट हुने मृत्युलाई यसले रोक्दैन ।
त्यसोभए कोरोना बिरुद्ध बनेको भनिएको खोपले के गर्छ त ? जवाफ हो– नयाँ कोभिड खोपले ठूला फार्मास्यूटिकल कम्पनीहरूका लागि अर्बौ डलर बनाउँदछ ।
धेरैले याद गरेको हुनुपर्छ कोरोना भाइरस विरुद्धको खोपको परिक्षण सफल भएको अत्याधिक चर्चा गरिएको छ । तर, यसबाट उत्पन्न हुने चुनौती र नकारात्मक परिणामबारे भने कहि कतै कसैले उल्लेख गरेको पाइदैन । प्रश्न उठ्छ– के त्यसो भए कोभिड विरुद्धको खोप स्वास्थ्य चुनौतीहरुबाट मुक्त छ ?
स्वास्थ्यविद्हरुका अनुसार स्थिती त्यस्तो होइन । पिनर्काण गरिएको नयाँ खोपहरुमा धेरै चुनौतीहरु छन् । मानव स्वास्थ्यका लागि दिर्घकालिन असर गर्ने चुनौतीहरुबाट नवनिर्मित खोपहरु मुक्त छैन ।
यहि कुरालाई केन्द्रमा राख्दै बेलायती संसद्को खोप र सरुवा रोग उन्मुलन सम्बन्धि सयुक्त समितिलाई युके मेडिकल फ्रिडम एलायन्सले पत्र लेख्दै भनेको छ–‘विकास गरिएका नयाँ खोपहरुमा मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने धेरै कुराहरु छन् । त्यसैले खोप निर्माणको हतारमा विध्वशं मच्याउन तिर लाग्नु हुँदैन ।’
उनीहरुले जेनेटिकल्ली इन्जिनियर्ड अर्थात जिनमा नै परिवर्तन गरेर निर्माण गरिएको खोपले विगतमा समेत प्रतिकूल नतिजाहरु दिएको दृष्टान्त समेत पेश गरेका छन् । डेंगु लगायतका रोग विरुद्धको निर्माण गरिएका खोपहरुले मानव स्वास्थ्यलाई पारेको असर उदाहरणका रुपमा पेश गर्दै पत्रमा भनिएको छ– कोरोना भाइरस विरुद्धका खोप परिक्षण गर्दा त्यस्तो विधि अपनाइएको छ जसबाट जसरी पनि परिक्षण सफल देखियोस् । अनि, सो खोपबाट पर्न सक्ने दुष्प्रभावहरु लुक्न सकुन् ।
यसरी परिक्षण गर्दा नै सहि र ठिक विधि अपनाउनुको साटो जसरी पनि खोप ठिक छ भन्ने प्रमाणित गर्ने नियन्त्रित परिक्षणबाट विकास गरिएको खोपले कस्तो भयानक स्थिती निर्माण गर्ला भन्ने चिन्तामा मानव स्वास्थ्यका जानकारहरु रहेका देखिन्छन् ।
तर, खोपलाई बजारमा लैजान, विश्वव्यापी बनाउन र सकेसम्म छिटो र धेरै पैसा कमाउन हतारिएकाहरुले भने खोप सफलताका कथा यसरी विश्वव्यापी बनाइरहेका छन् की उल्लेखित यावत र गम्भिर विषयहरु ओझेल परेका छन् ।
प्रसिद्ध अमेरिकी सञ्चार माध्यम फोब्र्सलेसमेत कोरोना भाइरस विरुद्ध निर्माण गरिएका भनेका तीन वटै सफल मानिएका खोपहरुबारे लेखेको छ–तीन वटै खोपहरुले त्यो मापदण्ड पुरा गरेका छैनन् जुन खोप परिक्षणको बेला आवश्यक हुन्छ । त्यति मात्र होइन फोब्र्सले अगाडी लेखेको छ, ‘यी खोपहरुले कोरोना भाइरसलाइै रोक्ने होइन बरु खोकी र टाउको दुखाइ जस्ता त्यसमा सामान्य लक्षणहरुलाई मात्रै रोकथाम गर्ने हो ।’
अर्को प्रसिद्ध पत्रिका द जेरुसेलम पोष्टले पनि कोरोना भाइरस विरुद्धको खोपलाई छिटोभन्दा छिटो आम मानिसहरुमा पुर्याउने दौडले निकै ठूलो जोखिम निम्त्याएको समाचार सेमसन यसोडा हस्पिटलका सरुवा रोग विभाग प्रमुख डाक्टर टाल ब्रोसालाई उदृत गर्दै लेखेको छ–त्यहाँ उनले भनेका छन् हामी केहि महिनालाई त सुरक्षित छौं भन्ने अवस्था आउँला तर, दुई वर्ष पछिसमेत देखिनसक्ने यसको दिर्घकालिन असरबारे भने कसैले केहि भन्न सक्ने अवस्था छैन ।
यसरी हेर्दा के स्पष्ट हुन्छ भने कोरोना भाइरस विरुद्धको खोपको निर्माण र परिक्षण सफल भयो भन्ने समाचारहरुबाट खुशी हुनुपर्ने कुनै कारण छैन । त्यसले बरु अझ जोखिम निम्त्याएको छ । र, ठूलो औषधी निर्माता कम्पनीहरुको छिटो पैसा कमाउने अस्वस्थ प्रतिस्पर्धाले सारा विश्वलाई नयाँ अझ ठूलो जोखिम तर्फ धकेलिरहेको छ ।
त्यसैले अहिले कोरोनाबाट बच्नु भन्दा कोरोना विरुद्ध बनेको भनिएको खोपबाट बच्नु अझ बढी चुनौतीपुर्ण बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस