aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ मंसिर २०७७
थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना निको भए

काठमाडौं । नेपालमा १४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४९० जना नयाँ संक्रमित थपिएका हुन् । 
    
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ रहेको छ । संक्रमित मध्ये दुई लाख १८ हजार १६१ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।  
    
पछिल्लो २४ घण्टामा १५६७ जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५३८ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस