
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४७ महिला र ३५९ पुरुष गरि जम्मा ६०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ रहेको छ । संक्रमित मध्ये दुई लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५७५ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५६७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस