aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोनाको खोप कुन देशले बढी कब्जा गर्दै छ ? नेपाल जस्ता देशको अबस्था के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
कोरोनाको खोप कुन देशले बढी कब्जा गर्दै छ ? नेपाल जस्ता देशको अबस्था के हुन्छ ?

एजेन्सी । कोरोना भाइरस विरूद्धको खोप आपतकालिन प्रयोगका लागि चीनले ४, रसिया २ र बेलायत १ खोपलाई स्वीकृति दिएको छन ।  भारतमा खोप लगाउन अनुमति पाएको छैन । विश्वव्यापी विश्लेषणका अनुसार भारतले १६० करोड डोज सुरक्षित गरेको खबर बाहिर आएको छ ।  विज्ञहरूले भनिरहेका छन् यो तयारीले भारतका ८० करोड मानिसलाई समेट्ने छ ।  

प्रत्येक दुई हप्तामा अपडेट हुने लन्च र स्केल स्पीडोमीटर विश्लेषणका अनुसार भारतले ३० नोभेम्बरसम्ममा यी तीन भ्याक्सिनहरूको १६० करोड डोज प्राप्त गरिसक्ने छन । युरोपेली संघले डोज १५८ करोड र अमेरिकाले १०० करोड भन्दाबढी डोज सुरक्षित गरेका छन । अमेरिकाको ड्यूक युनिभर्सिटी ग्लोबल हेल्थ इनोवेशन सेन्टरका अनुसार भारतले अक्सफोर्ड युनिभर्सिटी ब्कतस्ट्राजेनेकाको कोभसिल्ड खोपको ५० करोड डोज खरीद गर्न सम्झौता गरेको छ । 

भारतले अमेरिकी कम्पनी नोभाभ्याक्सबाट १०० करोड र रुसको गामालय अनुसन्धान संस्थानबाट स्पुतनिक भि खोपको १० करोड डोज पाउने छ ।  ड्यूक विश्लेषणका अनुसार भारत र ब्राजिल जस्ता उत्पादन क्षमता भएका देशहरूले ठूला खोप उत्पादकहरूबाट खोप पाउने प्रतिबद्धता प्राप्त गरेका छन् । 

ड्यूक विश्वविद्यालयको रिपोर्टका अनुसार उच्च आय भएका देशहरूले ३८० करोड डोज प्राप्त गर्ने छन् । उच्च मध्यम आय भएका देशहरूले ८२.९ मिलियन डोज प्राप्त गरेका छन र कम मध्यम आय भएका देशहरूले १७० करोड डोज प्राप्त गरेका छन् । 

अनुसन्धानकर्ताहरू भन्छन, ‘कम आय भएका देशहरूले कुनै सीधा सम्झौता गरेका छैनन्। यो जनसंख्याको २० प्रतिशत पूर्ण रूपमा कोभ्याक्समा निर्भर छन् । कोभ्याक्स विश्व स्वास्थ्य संगठन, एन्डिमिक प्रिपेडिरेसन इनोवेशन्स कोइलिशन र अन्तर्राष्ट्रिय खोप गठबन्धन संगठनको  पहल हो । जसको उद्देश्य भ्याक्निि ती सरकार र खोप उत्पादकहरुसँगको सहकार्यमा सबै देशहरुमा उपलब्ध गराउनु हो ।

ग्लोबल रिसर्चकर्ताहरूको विश्लेषणका अनुसार धेरै देशहरूले उनीहरूको जनसंख्याभन्दा बढी खोपका लागि प्रि–अर्डर बुक गरेका छन् । क्यानाडाले आफ्नो जनसंख्या भन्दा ५२७ प्रतिशत बढी खोपहरू बुक गरिसकेको छ । बेलायतले २८८ प्रतिशत, अष्ट्रेलिया २६६ प्रतिशत, चिली २२३ प्रतिशत, युरोपेली संघ १९९ प्रतिशत, संयुक्त राज्य अमेरिका १६९ प्रतिशत र जापान ११५ प्रतिशतलाई पुग्ने खोप बुक गरेका छन  । 
 

प्रतिक्रिया दिनुहोस