aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ५९ जना, ललितपुरमा ७४ जना र काठमाडौंमा ३५१ जना गरि जम्मा ४८४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।    

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार ९८१ रहेको छ । संक्रमित मध्ये दुई लाख २५ हजार ८०५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।   
   
पछिल्लो २४ घण्टामा १७५२ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५९४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस