aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोनाको खोप फ्रान्सले निशुल्क वितरण गर्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
कोरोनाको खोप फ्रान्सले निशुल्क वितरण गर्ने घोषणा

एजेन्सी । फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क उपलब्ध गराउने भएको छ ।   फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले आफ्ना जनतालाई यो खोप निशुल्क दिने घोषणा गरेका हुन् ।

उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइने बताएका छन । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् ।

खोप लगायने प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको बेलामा फ्रान्सले भने यस्तो घोषणा गरेको हो । अब युरोपेली संघको स्वीकृति मिल्नेबित्तिकै शुरु गरिने उनले बताए । फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस