aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार दिइने

  • रासस
    रासस
  • सोमबार, २२ मंसिर २०७७
तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार दिइने

काठमाडौं । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।  

कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए । 

हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष  छन् । निको हुनेको सङ्ख्या एक हजार ८२९  छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् ।  

प्रतिक्रिया दिनुहोस