aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना निको भए

काठमाडौं । नेपालमा १३८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३८२ जना नयाँ संक्रमित थपिएका हुन् ।   
    
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ रहेको छ । संक्रमित मध्ये दुई लाख २९ हजार ५४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।     
  
पछिल्लो २४ घण्टामा १६२१ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६३७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस