aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ मंसिर २०७७
थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना निको भए

काठमाडौं । नेपालमा १०५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०५६ जना नयाँ संक्रमित थपिएका हुन् ।    
  
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । संक्रमित मध्ये दुई लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । 
     
पछिल्लो २४ घण्टामा १४८३ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६५१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस