
काठमाडौं । काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ३९ जना, ललितपुरमा ७५ जना र काठमाडौंमा ३९३ जना गरि जम्मा ५०७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । संक्रमित मध्ये दुई लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।
पछिल्लो २४ घण्टामा १४८३ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस