aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

थप ८३० जनामा कोरोना पुष्टि, १५०० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
थप ८३० जनामा कोरोना पुष्टि, १५०० जना निको भए

काठमाडौं । नेपालमा ८३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८३० जना नयाँ संक्रमित थपिएका हुन् ।   
    
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ रहेको छ । संक्रमित मध्ये दुई लाख ३५ हजार ७३१ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।      

पछिल्लो २४ घण्टामा १५०० जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६९८ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस