
एजेन्सी । सामान्यतया आँखामा पानी आउनु वा पीडा हुन एक सामान्य समस्या हो जस्तो देखिन्छ । टिभी, मोबाइल वा ल्यापटपमा बढी समय दिएर आँखामा समस्या भएको महसुस गर्छन् । तर, नयाँ एक अध्ययन अनुसार आँखा दुख्ने पनि कोरोना भाइरस (कोरोनाभाइरस लक्षणमध्यको एक प्रमुख लक्षण हुन सक्ने पत्ता लागेको छ । यो अध्ययन भारतीय बेलायतका भारतीय प्राध्यापक शाहीना प्रधानको नेतृत्वमा गरिएको थियो ।
शाहीना प्रधानले कसरी कोरोना भाइरस शरीरभरि घुम्ने गर्दछ भन्ने अध्ययन गरिएको बताइन् । बेलायतकी एंग्लिया रस्किन विश्वविद्यालयका अन्वेषकहरूले कोरोना पोजेटिभ व्यक्तिहरूमा एउटा सर्वेक्षण गरे र उनीहरूको लक्षणहरूबारे सोधेका थिए । व्यक्तिलाई परीक्षणमा पोजेटिभ आउनुअघि उनीहरूको स्वास्थ्यको बारेमा पनि सोधिएको थियो ।
शाहीना प्रधानले भनिन्, ’यो पहिलो अध्ययन हो जसमा आँखासँग सम्बन्धित सबै लक्षणहरू कोलोना भाइरससँग जोडेर अनुसन्धान गरिएको थियो । यस बाहेक, यो जान्न कोशिस गरिएको छ आँखासँग सम्बन्धित यी लक्षणहरू शरीरमा कोभिड १९ या अन्य लक्षणहरूको तुलनामा कति लामो समयसम्म शरिरमा रहन्छ भन्ने अध्ययन गरिएको थियो ।
यो अध्ययन बीएमजे ओपन नेत्र विज्ञान जर्नलमा प्रकाशन गरिएको छ । अन्वेषकहरूका अनुसार अध्ययनमा संलग्न अधिकांश कोरोना भाइरस बिरामीहरूले उनीहरूको आँखामा समस्या भएको बताएका छन् । तीमध्ये १६ प्रतिशतले आँखा दुख्ने लक्षण देखाए भने छ प्रतिशतले भने कि उनीहरूको आँखामा समस्या भैरहेको भनेका छन् ।
अध्ययनमा संलग्न १८प्रतिशतले फोटोफोबिया वा प्रकाशको समस्या जस्ता लक्षणहरू देखाएका थिए । यद्यपि केही मानिसहरु पहिले नै कोरोना रहेको बारेमा गुनासो गरिरहेका थिए ।
समग्रमा ८३ जनामा ८१ प्रतिशतले अध्ययनमा समावेश भएका भन्छन आँखा सम्बन्धी समस्याहरू कोभिड १९ को लक्षण देखा परेको दुई हप्तापछि आँखामा नयाँ लक्षण्म देखापरेका थिए । उनीहरुमध्ये ८० प्रतिशतले भने आँखाको यो समस्या कम्तिमा दुई हप्ता सम्म रहेको बताएका थिए ।
कोरोना भाइरस को सबैभन्दा सामान्य लक्षण थकान हो । उक्त अध्ययनमा संलग्न ९० प्रतिशत व्यक्तिहरूले संक्रमणको बेला अत्यधिक थकित महसुस गरेको बताएका थिए । ७६ प्रतिशत मानिसले रुघाखोकी र ६६ प्रतिशत मानिसमा शुख्खा खोकी लागेको बताएका थिए ।
अध्ययनमा संलग्न प्रधानले भने, “आँखाको समस्यालाई कोभिड १९ या को सम्भावित लक्षणहरूको सूचीमा समावेश गर्नु महत्त्वपूर्ण छ, तर नेत्र कन्जक्टिवाइटिसलाई अलग राख्नुपर्दछ किनकि यी लक्षणहरू अन्य प्रकारका ब्याक्टेरिया संक्रमणबाट अलग राख्न आवश्यक छ ।
प्रधानले भने, ’यो अध्ययनले फरक पार्छ किनकि यसले कोभिड १९ आँखालाई कसरी संक्रमित गर्न सक्छ र कसरी भाइरस कसरी सम्पूर्ण शरीरमा फैलिन्छ भनेर विस्तृत रुपमा वर्णन गर्न मद्दत गर्दछ ।
प्रतिक्रिया दिनुहोस