aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

थप ८२१ जनामा कोरोना पुष्टि, ८४२ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
थप ८२१ जनामा कोरोना पुष्टि, ८४२ जना निको भए

काठमाडौं । नेपालमा ८२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८२१ जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार २४४ रहेको छ । संक्रमित मध्ये दुई लाख ३६ हजार ५७३ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।       

पछिल्लो २४ घण्टामा ८४२ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १७१६ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस