
काठमाडौं । क्लाउड कम्पुटिङ्गको प््रायोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो मागँ रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् ।
व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ ले रोजगार वद्धि भएको देखिन्छ ।
यस्तो अपार रोजगारीको संभावना रहेको क्षेत्र ( क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नकोलागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन ९ीद्यभ्ँ० क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसगं ९न्ऋब्० सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।
सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको विषयमा अध्यापन गराउदैं आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।
कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं । साथै यस कार्यकोलागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षित छौं” ।
उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुकोलागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृती छनौट समितीले गर्नेछ ।
उक्त कार्यक्रममा जेनेज क्लाउड एकेडेमीका सीईओ अंजनी फुयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्र बीच सहकार्यको महत्वमा जोड दिइन । उनले भनिन आजको यस डिजिटल युगमा क्लाउड कम्प्युटिङ्ग सबै उद्योग हरु को लागी मेरुदण्ड साबित भएको छ। यसले सूचना प्रविधिमा भविष्य देखिरहेका विद्यार्थीहरूको लागि विश्वव्यापी रोजगारीको सृजना गरेको छ ।
उक्त अवसरको लागि विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित ज्ञानको दक्षता हासिल गर्न तयार रहनु पर्नेछ । उनका अनुसार आज लर्ड बुद्ध एडुकेसन फाउनडेसन र जेनेज क्लाउड एकेडेमी बीच भइरहेको यस साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योग बीचको दुरीलाई कम गर्न कोशेढुंगा सावित हुनेछ ।
यसैगरी उक्त कार्यक्रमका अर्का वक्ता हाल भारत र दक्षिण एशियाका लागि एआई र एमएलका लागि नेतृत्व लिइरहेका कनिष्क अग्रवाल थिए । उनले यस साझेदारीका लागि दुबै संस्थालाई बधाई दिए। यसका साथै एडब्ल्यूएसका कार्यहरूको जानकारी दिँदै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि एडब्ल्यूएस शिक्षा कार्यक्रम सुरु गरेको जानकारी दिए । उनले नेपाली आईटी बजार प्रवर्द्धनको लागि जेनेज क्लाउड एकेडेमीले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै नेपालमा समेत निकट भविष्यमै एडब्ल्यूएस एकेडेमीको सञ्चालन गरिने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा कम्प्युटर एसोसिएशन अफ नेपाल (क्यान) का निवर्तमान अध्यक्ष र विश्व सूचना प्रविधि र सेवा गठबन्धन कार्यकारी सदस्य हेमन्त चौरसियाको समेत उपस्थिति रहेको थियो ।
उनले आईटी शिक्षालाई समृद्ध बनाउन शैक्षिक संस्थालाई सहयोग गर्न कम्प्युटर एसोसिएशन अफ नेपाल सदैव तत्पर रहने प्रतिबद्धता व्यक्तु गरेका थिए । सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले पनि संबोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस