aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

के कोरोनाले रुघाको भाइरस मारेको हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
के कोरोनाले रुघाको भाइरस मारेको हो ?

एजेन्सी । मानिसहरुले के अनुमान गरेका थिए भने चिसो मौसम शुरु भए लगतै सिजनल प्ल्यू (सामान्य रुघाखोकी) र कोरोना दुईटैको महामारीले एकसाथ सताउने छ । यसले ठुलै संकट निम्त्याउने चिन्ता बढेको थियो । 

तर, त्यसो भएको देखिएन् । यसको कारण् के होला ? अहिले धेरै मानिसहरु यसबारे विभिन्न अनुमान र अड्कलबाजी गरिरहेका छन्् । उनीहरुको के भनिरहेका छन् भने या त मानिसहरुले स्वास्थ्य सम्बन्धि सचेतना बढाएका कारण यस्तो भएको हो । वा, कोरोना भाइरसले रुघाखोकीको भाइरसलाई विस्थापित गरिरहेको छ । 

यसबारेको छलफल अहिले विश्वभरि नै चलिरहेको छ । विशेषगरि, अमेरिका र युरोपमा यसबेला हिउँदमा समेत रुघाखोकीका बिरामी किन बढेनन् भन्ने अनुसन्धान नै शुरु भइसकेको छ । 

हुन पनि अघिल्ला वर्षहरुको तुलनामा त्यहाँका अस्पतालहरुमा रुघाखोकीका बिरामीहरुको संख्या निकै नै कम देखिएको तथ्याकंहरु सार्वजनिक भइरहेका छन् । मंगलबार मात्र ब्लुम्बर्कमा सम्पादकीय लेख्दै मिचेल ब्लुम्बर्कले यो हिउँदमा रुघाखोकीको कारणले बढ्नसक्ने संकटबारे चिन्ता व्यक्त गरेका थिए । 

यस्तै चिन्ता अन्य वैज्ञानिक तथा बरिष्ठ चिकित्सकहरुले पनि जनाइरहेका बेला कोरोनाको र रुघाखोकीको दोहोरो चपेटा एकैपटक बढ्ने अनुमान भने कमजोर बन्दै गएको छ । बरु बेलायता देखिएको कोरोनाको नयाँ प्रजातिलाई हालसम्म विकसित खोपहरुले नियन्त्रण गर्न सक्ने हो की होइन भन्ने चिन्ता चाँही बढ्दो छ । 

फक्समा प्रकाशित एक लेख अनुसार मानिसहरुले सामान्य रुघाखोकीलाई अस्पतालसम्म नपुर्याएका र घरमै त्यसको उपचार गरेका कारण पनि रुघाखोकीका बिरामीहरुको संख्या कम देखिएको हुनसक्छ । तर, प्रश्न के उठ्छ भने उमेर ढल्किएका र जटिल रोग लागेका मानिसहरुमा सामान्यरुपमा हुनसक्ने रुघाखोकीको संक्रमण चाँहि किन यो वर्ष तुलनात्मकरुपमा कम देखियो ? 

यसको जवाफ खोज्ने क्रममा मानिसहरु कोरोना भाइरसले रुघाखोकीको भाइरसलाई मारेको वा विस्थापित गरेको हुनसक्छ भन्ने निश्कर्षमा पुग्न थालेका छन् । तथापी यसको वैज्ञानिक पुष्टि हुन भने बाँकी नै छ । 
 
 

प्रतिक्रिया दिनुहोस