
एजेन्सी । कोरोना विरुद्धको खोपको विकास भएका समाचारहरु सार्वजनिक भएसँगै मानिसहरुमा देखिएको आशाको संञ्चारमा फेरि तुषारापात हुन थालेको छ । यसको कारण खोपको असफलता नभएर अर्कै हो ।
अमेरिका लगायतका देशहरुमा कतिपय जंगली जनावरहरुमा समेत कडा खालको कोरोना भाइरसको संक्रमण फैलिएको देखिएपछि चिन्ता बढेको हो । बीबीसीमा प्रकाशित समाचार अनुसार बाक्लो रौँ भएका लोखर्के जातको एक जंगली जनावरमा कोरोनाको संक्रमण निकै ठुलो मात्रामा बढेको देखिएको छ ।
त्यति मात्र होईन भुवादार रौँ भएका जनावरहरु पाल्ने ठुला ठुला फार्महरुमा समेत कोरोनाको संक्रमण बढेको देखिएको छ । अमेरिकाको कृषी विभागका अनुसार यस्ता सयौँ फार्महरुमा कोरोना फैलिएको छ भने लोखर्के प्रजातिको जंगली जनावरमा समेत कोरोना भाइरसको संक्रमण चाँही पहिलोपटक पुष्टि भएको हो ।
जंगली जनावरहरुको स्वास्थ्य सम्बन्धि सरोकार राख्ने संस्थाहरुले यसबिच गरेका धेर परिक्षणहरुमा अधिकाशं जंगली जनावरहरुका कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेका छैन । तर, मानिसहरुको सम्पर्कमा आएका फार्ममा रहेका र चिडियाखानमा थुनिएर राखिएका धेरै जनावरहरु भने संक्रमित भएका छन् ।
अमेरिकाका चिडियाखानमा रहेका बाघ, सिंह र चितुवाहरुमा समेत यसअघि नै कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेका छ भने जंगली जनावरहरुमा समेत भाइरसको संक्रमण तिव्र गतिमा फैलिनुले विश्वभरि नै थप चिन्ता बढाएको हो ।
प्रतिक्रिया दिनुहोस