aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

इसेवा र भाइबरबीच वित्तीय  सेवा प्रदानको साझेदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
इसेवा र भाइबरबीच वित्तीय  सेवा प्रदानको साझेदारी

काठमाडौं । अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।

यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध  हुनेछ । 

भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इसेवाका सिओओ रोशन लामिछानेले भने ‘ विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दै छौँ । यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभुति त दिलाउनेछ नै नेपालको डिजिटल कारोबारलाई अगाडी बढाउन ठुलो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ’ ।  

यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले भने ‘ हामीले सधै भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौँ । हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदान प्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउनका लागि प्लेटफर्म निर्माण गरेका छौँ ।  यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ ’।

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत  वा  अधिकतम  सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन् । 

नेपालमा हालसम्म म्यासेन्जिङ एपको प्रयोग सन्देशहरू पठाउन÷प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्नमात्र प्रयोग भइरहेकोमा प्रयोगकर्ताले अतिरिक्तसुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको हो ।
्रयोगकर्ताको सुरक्षा, सुरक्षित कारोबार तथा अनधिकृत लेनदेन हुन नदिनका लागि भाइबर र इसेवा दुबै कम्पनीले आवश्यक सुरक्षा मापदण्ड तय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस