
एजेन्सी। कोभिड-१९ संक्रमणको तीव्र गतिमा बढ्दो घटनालाई रोक्न जर्मनीले समेत कडा लकडाउन लागू गरिसकेको छ। मंगलबार मात्र बेलायतले यस्तै लकडाउनको घोषणा गरेको थियो। अब जर्मनीमा पनि विद्यालय र गैर-आवश्यक व्यवसाय बन्द गरिएको छ।
नयाँ प्रतिबन्ध जनवरी १० सम्म जारी रहनेछ। क्रिसमसको अवसरमा त्यहाँका नागरिकले केही छुट पाउने छन्। एउटा घरले आफ्ना परिवारका चार नजिकका सदस्यहरू सहित त्यो चाड मनाउन सक्नेछन्।
जर्मनीमा, मंगलबार त्यहाँ १४४३२ नयाँ संक्रमित थपिएका थिए भने ५०० जनाको मृत्यु मृत्यु भएको थियो। अन्य यूरोपीयन देशहरूले पनि क्रिसमसमा यो रोगको संक्रमण थप बढ्न सक्ने देखेर कडा प्रतिबन्धहरू लगाएका छन्। फ्रान्सले रातमा कर्फ्यू नै लगाएको छ।
केवल आवश्यक व्यवसायहरू जस्तै: सुपरमार्केट र बैंकहरू जर्मनीको लकडाउनमा खोल्न अनुमति दिइनेछ। रेस्टुरेन्ट, बारहरू नोभेम्बरदेखि बन्द गरिएको छ। देशका केहि क्षेत्रहरू आफ्नै तरिकाले लकडाउन लगाएका छन्।
कपाल काट्ने सैलुन यो बेला बन्द गर्नु पर्छ। निजि कम्पनीहरूलाई उनीहरूका कामदारहरूलाई घरबाट काम गराउन भनिएको छ। जर्मनीको रोबर्ट कोच संस्थानका प्रमुख लोथर विलरका अनुसार महामारी अहिलेसम्मको सबैभन्दा गम्भीर अवस्थामा रहेको छ।
उनी भन्छन्, "घटनाहरू सबभन्दा द्रुत गतिमा बढ्दै छन्। यस्तो स्थिति छ कि परिस्थिति बिग्रँदै गइरहेको छ। महामारी र यसका नतिजाहरूको सामना गर्न अझ गाह्रो हुनेछ।"
यो खबर यस्तो बेला आएको छ जब जर्मन सरकारले जर्मनीमा विकसित फाइजर-बायोटेकलाई स्वीकृति दिने प्रक्रियालाई छिटो बनाउन युरोपियन मेडिसिन एजेन्सीलाई दबाब दिइरहेको छ। यो खोप बेलायत र अमेरिकामा अनुमोदित भएको छ। स्वास्थ्य मन्त्री जेन्स स्पानले भनेका छन् कि उनी खोप क्रिसमस भन्दा पहिले अनुमोदित होस् भन्ने चाहन्छन्।
कस्तो छ युरोपका अरु देशको अवस्था ?
फ्रान्सले आफ्नो दोस्रो राष्ट्रिय लकडाउनको ठाउँमा साँझ ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाएको छ। मानिसहरूलाई सरकारी फारम नभरी घरबाट बाहिर जान अनुमति मिल्दैन।
त्यहाँ, क्रिसमस साँझको लागी छुट छ, तर नयाँ वर्षको लागि थप नियमहरू जारी रहनेछ। बारहरू र रेस्टुरेन्टहरू कम्तिमा २० जनवरीसम्म बन्द रहनेछन्।फ्रान्समा मंगलबार कोरोना भाइरस संक्रमणको कारण ७९० जनाको मृत्यु भयो। यो संगै मर्नेहरूको कुल संख्या ५९०७२ पुगेको छ।
नेदरल्याण्डमा हाल ५ हप्ताको बन्दाबन्दी छ। महामारी शुरू भएदेखि यता नै यो प्रतिबन्धित सबभन्दा कडा हो। गैर जरूरी व्यवसाय, सिनेमा, सैलुन र जिमहरू सबै बन्द छन्। तर क्रिसमसको लागी केहि प्रतिबन्धहरु तीन दिनको लागी खुकोलो गरीनेछ।
इंग्ल्यान्डमा कडा बुधवारदेखि लकडाउन लागू हुँदैछ। पब र रेस्टुरेन्ट बन्द रहनेछन् । केवल खाना प्याक गरी बोक्ने अनुमति छ। साथै, थिएटर, सिनेमा जस्ता मनोरंजन स्थलहरू बन्द रहनेछन्।
इटालीमा दैनिक मृत्युको संख्या ५०० को नजिक छ। सरकारले क्रिसमसलाई ध्यानमा राख्दै नियमहरू कडा बनाउन विचार गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस