काठमाडौं । बीमा समितिले हालसम्मको कोरोना बीमाको तथ्याकं सार्वजनिक गरेको छ । उक्त तथ्याकं अनुसार हालसम्म १२ हजार ६ सय १७ जनालाई एक अर्ब २३ करोड ३० लाख ७५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ ।
यसैगरी, ५४ जनाको १५ दिन कटेको र कोरोना बीमा दावी दोहोरो परेका कारण दावी नदिने निर्णय गरिएको छ ।
हालसम्ममा २ हजार ७ सय ३८ जनाको दाबी प्रक्रियामा रहेको, ३ हजार एक सय ११ जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, ५३१ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।
त्यसैगरि, एक हजार ६३२ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको उक्त विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस