aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

थप ७८२ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ९ हजार ३१७

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ पुस २०७७
थप ७८२ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ९ हजार ३१७

काठमाडौं । नेपालमा ७८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७८२ जना नयाँ संक्रमित थपिएका हुन् ।        

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ५२ हजार ४७४ रहेको छ । संक्रमित मध्ये दुई लाख ४१ हजार ३९२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।      

पछिल्लो २४ घण्टामा १०२९ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १७६५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस