
काठमाडौं । पाँच तारे होटल ‘होटल डेला अन्नपूर्ण तत्कालका लागि बन्द भएको छ । लामो समयदेखि आर्थिक संकट झेल्दै आएको होटल अहिले तत्कालका लागि बन्द गरिएको हो । ‘होटल तत्कालका लागि बन्द गरिएकोे होटलकी कार्यकारी निर्देशक सिर्जना राणाले बताइन् ।
‘ होटल डेला अन्नपूर्ण सदाको लागि नभइ अस्थायी रुपमा केही समयको लागि बन्द गरिएको हो,’ उनले भनिन् ‘अहिले अवस्था ठिक नभएकोले बन्द गर्यौ ।’
कोरोना अघि देखि नै होटलको आर्थिक अवसथा नाजुक थियो । कोरोना संक्रमणसँगै होटलले अझ बढी आर्थिक भार थेग्नुपर्ने भएपछि बन्द गरिएको हो ।
काठमाडौंको दरबारमार्गमा करिव ४० रोपानी जग्गामा फैलिएको उक्त होटल व्यवस्थापनले अस्थायी रुपमा बन्द गरिएको हो । होटलका मुख्य लगानी कर्ता राणा पनि हुन् । अन्य लगानीकर्तासँग छलफल गरेर होटल अहिलेका लागि बन्द गरिएको हो ।
स्वर्गीय राजा विरेन्द्र शाहको समेत लगानी रहेको सो होटल उनको निधन पछि उनको स्वामित्व नेपाल ट्रस्टमा थियो । सो होटलमा गोरख राणा, कुमार गोरखलगायतको लगानी रहेको छ । होटल सञ्चालन गर्नुभन्दा भाडामा दिँदा बढी नाफा हुने देखिएपछि होटल सञ्चालकले यस्तो निर्णय लिएको हो । होटल अन्नपूर्ण जस्तै अन्य होटल पनि बन्द हुने अवस्थामा पुगको होटल संघ नेपालले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस