एजेन्सी । ब्रिटेनमा फेला परेको कोरोनाका नयाँ प्रजातिका कारण संसारभरि नयाँ चिन्ता बढेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीले नयाँ कोरोना भाइरसको यो स्वरुप अझ बढी खतरनाक र तिव्र तवरले संक्रमण हुने खालको बताएपछि यस्तो चिन्ता बढेको हो ।
नयाँ र अझ बढी खतरनाक कोरोना भाइरस आफ्नो देशमा आइनपुगोस भन्दै केहि दिन यता मात्र ४० भन्दा बढी देशहरुले बेलायतसँगको हवाई सम्बन्ध तोडिसकेका छन् । उता, युरोपियन युनियनले पनि बेलायतसँगको सम्पर्क र आवतजावतलाई कुन रुपमा राख्ने भनेर छलफल अगाडी बढाएको बीबीसीले उल्लेख गरेको छ ।
कोरोनाको यो नयाँ भेरियन्ट पहिलेको भन्दा धेरै बढी संक्रामक छ भन्ने प्रमाणित भइसकेको छ । यो पुरानो भन्दा कति बढी घातक छ भन्ने चाँही निक्र्योल हुन बाँकी रहेको विज्ञहरुले जनाएका छन् ।
एकातिर धेरै देशहरु यो नयाँ कोरोना भेरियन्टका कारण बेलायतसँगको सम्बन्ध तोड्दै छन् भने उता विश्व स्वास्थ्य संगठनले भने यसबारे खासे धेरै चिन्ता व्यक्त गरेको छैन ।
त्यसो त कतिपय देशहरु दक्षिण अफ्रिकासँग पनि आवतजावत टुटाउने चरणमा छन् । त्यहाँ पनि कोरोनाको नयाँ प्रजाति फेला परेको छ । जुन बेलायतका भेटिएभन्दा खराब खालको रहेको छ ।
प्रतिक्रिया दिनुहोस